• Tuesday 6th of October 2026

दोलखामा बरामद ११ किलो सुनको मुल्य १० करोड १९ लाख ५७ हजार


  • धनकुटा खबर
  • .

चरिकोट । दोलखाबाट बरामद भएको ११ किलो पहेँलो धातु सुननै भएको पुष्टि भएको छ । जिल्लामा बरामद भएको पहेँलो धातु काठमाण्डौ सुन चाँदी व्यवसाय संघ, क्षेत्रपाटी काठमाण्डौमा परिक्षणका लागि पठाइएको थियो । परिक्षण गर्दा उक्त धातु सुन नैै रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

उक्त सुनको मुल्य आजको बजार मूल्य अनुसार १० करोड १९ लाख ५७ हजार ७ सय ८० रुपैया मुल्यांकन गरिएको छ । असोज १० पछि प्रहरीले पटकपटक गरी जिल्लाको विभिन्न स्थानबाट ११ किलो सुन बरामद गरेको छ । जिल्लाको विगु गाउँपालिका–३ जामुने स्थित एक घरबाट १० गरे राती ४ किलो र १२ गते ३ किलो र १४ गते चार किलो गरी ११ किलो सुन बरामद गरेको हो ।

११ किलो सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक सहित १० जनालाई पक्राउ गरि प्रहरीले मुद्दा चलाई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖