• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

७.७ रेक्टरको शक्तिशाली भूकम्प, गगनचुम्बी भवन केही सेकेण्डमै ध्वस्त


  • धनकुटा खबर
  • .

काठमाडौं । थाइल्याण्को राजधानी बैककमा शक्तिशाली भूकम्प गएको छ । बैंकक प्रहरीले शुक्रबार दिउँसो थाई राजधानीमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा निर्माणाधीन एउटा गगनचुम्बी भवन भत्किएको बताएको छ । प्रहरीले हताहतीको विवरण अझै आइनसकेको बताएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण र जर्मनीको जीएफजेड भूगर्भ विज्ञान केन्द्रले मध्यान्हको भूकम्प १० किलोमिटर (६.२ माइल) गहिराइमा गएको र यसको केन्द्रबिन्दु म्यानमार रहेको प्रारम्भिक रिपोर्टले जनाएको छ।

यो भूकम्पमा एउटा निर्माणाधीन गगनचुम्बी भवन भत्किँदा कामदारहरू पुरिएको हुनसक्ने आशंका गरिएको छ । भवन भत्किँदा भवनमा कति कामदार थिए भन्ने यकिन छैन । भूकम्पबाट भएको क्षतिको तत्काल कुनै रिपोर्ट आएको छैन र प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्राले भूकम्पको प्रभावको मूल्याङ्कन गर्न आपतकालीन बैठक बोलाएका छन् ।

बृहत्तर बैंकक क्षेत्रमा १ करोड ७० लाखभन्दा बढी मानिसहरू बसोबास गर्छन् जसमध्ये धेरैजसो अग्ला अपार्टमेन्टहरूमा बस्छन्। थाइल्याण्डको विपद् रोकथाम विभागले देशका लगभग सबै क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको बताएको छ।

भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमारमा थियो जुन मोनिवा शहरबाट लगभग ५० किलोमिटर (३० माइल) पूर्वमा थियो। गृहयुद्धमा फसेको म्यानमारबाट क्षतिको थप रिपोर्ट तत्काल उपलब्ध नभएको समाचार एजेन्सी एपीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖