• Sunday 4th of October 2026

‘परदेशी २’ गीत ‘कुरा सिधा छ’ सार्वजनिक


  • धनकुटा खबर
  • .

नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक गरिएको छ।

बुधबार म्युजिक नेपाल युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘कुरा सिधा छ’ बोलको गीत सार्वजनिक गरिएको हो। डान्सिङ शैलीको गीतमा अभिनेता प्रकाश सपूत र वर्षा सिवाकोटीलाई देख्न सकिन्छ।

प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा संगीत छ। गोविन्द राईले भिडिओको कोरियोग्राफी गरेका हुन्।
लिरिकल शैलीमा तयार गीतको भिडिओलाई सम्पादन भने मिराज अर्यालले गरेका छन्।

फिल्ममा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्कीलगायत कलाकारको अभिनय छ। गायक प्रकाश सपूतले यस फिल्ममार्फत डेब्यू गर्न लागेका हुन्।

रमेश बिजीको कथा र पटकथा लेखन रहेको फिल्मलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रूपमा निर्माण गरेका हुन्। मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।
यो फिल्म असोज २६ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖