• Tuesday 6th of October 2026

विश्व बैंकले दिने सय मिलियन डलर ऋण स्वीकार्ने सरकारकाे निर्णय


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सरकारले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ३ दशमलव ८४ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले याे निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लाई नेपाल सरकारबाट सन् २०२१ देखि २३ सम्मको वार्षिक बजेट योगदानबापत सात लाख ७५ हजार पाँच सय ३३ अमेरिकी डलर बराबरको रकम अर्थ मन्त्रालयमार्फत भुक्तान गर्न स्वीकृति दिने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनुभयाे ।

सरकारले उदय आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तनसम्बन्धी आयोजना कार्यान्वयन गर्न स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने स्विस फ्र्याङ्क ५ दशमलव ४५ मिलियन अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेकाे छ ।

सरकारले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८ खारेज गर्ने निर्णय गरेकाे छ । मन्त्री शर्माका अनुसार सरकारले निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न अनुमति दिने निर्णय गरेकाे छ ।
यस्ताे छ मन्त्रिपरिषद् बैठककाे

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖