• Sunday 29th of November 2026

दुर्गा प्रसाईं भस्मासुर,सबैको टाउकोमा हात राख्न खोज्ने अहिले मन्दिरतिर नाच्दै छ :गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १९ । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले दुर्गा प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका छन‍्।

उनले मंगलबार सामाजिक सञ्जालमा लेख्दै प्रसाईंलाई भस्मासुरको संज्ञा दिएका हुन्। भस्मासुरले जस्तै सबैको टाउकोमा हात राख्न खोज्ने प्रसाईं अहिले मन्दिरतिर नाच्दै गरेको उनले जनाएका छन् ।

‘भस्मासुरले सबैको टाउकोमा हात राख्न खोज्दै थियो, अहिले मन्दिरतिर नाच्दै छ’, उनले लेखेका छन्, ‘भगवान विष्णुसँगै ननाच्दासम्म यसको वितण्डा अझै चल्ने आशामा छन् प्रेतात्माहरू।’

गत शुक्रबार तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन गराएर संयुक्त जनआन्दोलन समितिका कमान्डर दुर्गा प्रसाईं फरार छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖