• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सिद्धार्थनगर नगरपालिकामा भोली सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

भैरहवा – प्रतिनिधिसभाका सांसद एवम राप्रपा नेता दिपक बोहोराको निधन भएको प्रति सिद्धार्थनगर नगरपालिकाले भोली सार्बजनिक बिदा दिएको छ ।

नगर प्रमुख इश्तियाक अहमद खाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबार नगरपालिका क्षेत्रमा शोक बिदा दिइएको जानकारी दिएका हुन् । बोहोरा सिद्धार्थनगरकै बासिन्दा पनि हुन् । नगर प्रमुख इश्तियाकले राप्रपाबाटै चुनाव जितेका हुन् ।

मंलगबार ७४ बर्षको उमेरमा ओम अस्पतालमा उपचारको क्रममा बोहोराको मृत्यु भएको थियो । बोहोराको पार्थिव शरीरलाई आजै भैरहवा ल्याएर अन्तिम श्रद्धान्जली दिएपछि काठमाडौँ लागिएको छ । उनको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि हुदै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖