काठमाडौँ – ५० जनाभन्दा बढी राजावादी लुटेरालाई तह लगाएका सुरक्षागाडको भाग्य चम्किएको छ । शुक्रबारको आन्दोलनका क्रममा लुटपाट गर्नेमाथि आक्रामक रुपमा प्रस्तुत भएका भाटभेटनी सुपरमार्केटका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली सम्मानित हुने भएका छन् ।
पराजुलीलाई भाटभटेनीले साहसिक सम्मानसहित सेवा सुविधा बढाउने भएपछि भाग्य चम्किएको छ । उनी एक्लैले राजावादी लुटेरालाई लखेटेका थिए ।
सुपरमार्केटमा तोडफोड तथा लुटपाट गरिरहेको समयमा कर्तव्य निर्वाह गर्दै अग्रपंंक्तिमा खटिएका कर्मचारी तथा व्यापारलाई निरन्तरता दिन रातभर मर्मत सम्भारमा लाग्न खटिएका कर्मचारीलाई सुपरमार्केटले सम्मान गर्ने भएको हो । यसका लागि बुधबार बिहान सम्मान कार्यक्रम राखिएको छ ।
लुटपाटको क्रममा पराजुलीले लुटपाटमा संलग्नमाथि गरेको कारबाही अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त घटनाका क्रममा करिब ८० लाख रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।
