• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पत्रकार सुरेश रजकको शरिरमा गोली भेटिएन


  • धनकुटा खबर
  • .

काठमाडौ । गत १५ चैतमा तीनुकनेमा राजवादीले गरेको प्रदर्शनका क्रममा ज्युँदै जलाइएका पत्रकार सुरेश रजकको शवमा गोलीको दाग नभेटिएको पाइएको छ । मंगलबार साँझ गरिएको एक्स रेपछि उनको शरिरमा गोली लागेको दाग नभेटिएको हो ।

यससँगै शवको पोष्टमार्टम प्रकृया अघि बढेको छ । मृृतक रजक एभिन्युज टेलिभिजनमा कार्यरत थिए । प्रदर्शनको भिडियो संकलन गर्ने क्रममा लागेको आगोमा परि उनको मृत्यु भएको थियो ।

उनी गत १५ चैतमा राजवादीबाट आयोजित प्रदर्शनको भिडियो संकलन गर्न तीनकुनेस्थित घरमा पुगेका थिए । सोही क्रममा उनको जलेर मृत्यु भएको थियो ।

एभिन्युज टेलिभिनका सम्पादक सुशिल पाण्डेले शवको एक्स रे भएको र गोलीको दाग शरिरमा नदेखिएको बताए । उनले भने,‘शवको मंगलबार साँझ एक्स रे भयो । सूचना अनुसार उनको शरिरमा गोलीको दाग देखिएको छैन । अब शव पोष्ट मार्टमका लागि अघि बढ्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖