• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

राजस्थानमा नाइट्रोजन ग्यास चुहिँदा तीन जनाको मृत्यु, ६० भन्दा बढी अस्पताल भर्ना


  • धनकुटा खबर
  • .

राजस्थान । राजस्थानको बेवार जिल्लामा रहेको एसिड कारखानामा नाइट्रोजन ग्यास चुहिँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । त्यस्तै ६० भन्दा बढी मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

अवैध रूपमा सञ्चालन भइरहेको एउटा कारखानाबाट नाइट्रोजन ग्यास चुहिएको कलेक्टर महेन्द्र खड्गवतले बताएका छन् । प्रहरी र प्रशासनका मानिसहरू समयमै त्यहाँ पुगेर चुहावट रोकेका थिए, अन्यथा ठुलो घटना हुन सक्थ्यो । घटनामा कारखानाका मालिकसहित तीन जनाको मृत्यु भएको छ ।

एसडीएम दिव्यांश सिंहले अनुसन्धान जारी रहेको र संयुक्त टोली गठन गरिएको जानकारी दिए । उनले भने, ‘टोलीले सर्वेक्षणमार्फत बेवरमा त्यस्ता कारखानाहरू पहिचान गर्ने र नियमहरू पालना नगर्ने कारखानाविरुद्ध कारबाही गर्न मिल्नेगरी काम गर्नेछ ।

आजको घटनाको एफआईआर दर्ता भैसकेको पनि उनले जानकारी दिए । प्रशासनले कारखाना सिल गर्न आदेश दिएको छ भने उक्त क्षेत्र खाली गराइएको छ । बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖