• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तान र अफगानिस्तानमा भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो ।

पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानमा आएको भूकम्पको केन्द्र भने जमिनको १९३ किलोमिटर गहिराइमा रहेको थियो।

थाईल्यान्ड र म्यानमारमा गत शुक्रबार शक्तिशाली भूकम्प गएको थियो । ती देशहरूमा भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो।

भूकम्प प्रभावित थाईल्यान्ड र म्यानमारमा अहिले पनि उद्दार अभियान जारी रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖