• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

लुटपाटका क्रममा साहसिक प्रदर्शन गर्ने भाटभटेनीका सुरक्षा गार्डलाई ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान


  • धनकुटा खबर
  • .

काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ ।

उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो ।

भाटभटेनीका मालिक मीनबहादुर गुरुङले उनलाई दुबोको माला लगाइदिएर सम्मान गरे ।

कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖