• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईको घरमा प्रहरीको सर्च अपरेसन, झापामा उनका ६ कार्यकर्ता पक्राउ


  • धनकुटा खबर
  • .

दुर्गा प्रसाईँको खोजी कार्य तीव्र पारेको प्रहरीले चैत १५ गतेको राजावादीहरूको राजधानीको हिंसात्मक प्रदर्शनमा संलग्न थप १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा झापाका ६ जना रहेका छन् । १८ जनामध्ये ८ जनामाथि राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अरूलाई आपराधिक उपद्रव कसूरमा म्याद थपिएको छ ।

राज्यविरुद्धको कसूर र संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ पर्नेहरूमा झापा कमल- ३ का ४६ वर्षीय तारानाथ बोहरा, दमक- ७ का ४३ वर्षीय दानबहादुर न्यौपाने , दमक- ७ कै ३९ वर्षीय भानुभक्त पौडेल, ३८ वर्षीय उमेश तामाङ र झापा बिर्तामोड २ का ४३ वर्षीय देवीप्रसाद सङ्ग्रौला रहेका छन् ।

पक्राउ परेका सङ्ग्रौला नागरिक बचाउ महाअभियान केन्द्रीय सचिवालय सदस्य तथा ऋण एसोसिएसनका केन्द्रीय संयोजक हुन् । त्यस्तै आपराधिक उपद्रव कसूरमा बुद्धशान्ति- ४ की सीतादेवी राई पनि पक्राउ परेकी छन् ।

यता दुर्गा प्रसाईँ झापामै रहेको आशंका गर्दै प्रहरीले सर्च अपरेशन जारी राखेको छ । प्रसाईँको निवास र सम्भावित क्षेत्रमा केही दिनदेखि सर्च अपरेसन जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । सम्भावित ठाउँहरूमा खोजी गर्दा प्रसाईँलाई अहिलेसम्म फेला पार्न नसकिएको उनले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖