कोहलपुरका एक व्यवसायीलाई धम्क्याउँदै पाँच करोड भारु मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–७, काठेपारी घर भई बाँकेको कोहलपुर नगरपालिका–५ मा कोठा भाडामा बस्दै आएका ४९ वर्षीय रामबहादुर बुढा क्षेत्री पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार पक्राउ परेका क्षेत्रीले विभिन्न विदेशी नम्बरको ह्वाट्सएप खोलेर त्यसको दुरूपयोग गर्दै विभिन्न व्यवसायीहरूलाई रकम माग्दै धम्क्याउने गरेका थिए।
क्षेत्रीले आफूलाई लरेन्स बिस्नोई र अनमोल बिस्नोई भन्दै विभिन्न व्यवसायीहरूलाई म्यासेज पठाई ठूलो रकम माग्दै धम्क्याउने गरेको खुलेको छ। व्यवसायीको गुनासोका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो।
