• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जापानमा शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

टोकियो । म्यानमार र थाइल्याण्डपछि अब जापानमा भूकम्पका गएको छ । क्युशुमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ६ म्याग्निच्युड मापन गरिएको थियो।

मंगलबार राति पनि जापानको क्युशु टापुमा पनि भूकम्प गएको थियो । यसको एक दिन पछि बुधबार साँझ शक्तिशाली भूकम्पको झट्का महसुस गरियो। भूकम्पबाट अहिलेसम्म कुनै पनि क्षतिको रिपोर्ट आएको छैन।

हालै म्यानमार र थाइल्याण्डमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले दुवै देशमा धेरै क्षति पुर्‍यायो। म्यानमारमा मृत्यु हुनेको संख्या ३ हजार नजिक पुगेको छ भने धेरै मानिसहरू अझै बेपत्ता छन्।

थाइल्याण्डको बैंककमा ३० तले भवन भत्किँदा भग्नावशेषमुनि १० जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖