• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भाट भटेनीमा रक्सी चोरीमा मुछिएका राई रास्वपाको समितिमा छैनन्, उम्मेदवार भने रहेछन्!


  • धनकुटा खबर
  • .

काठमाडौं– भाट भटेनीमा राजावादी आन्दोलनका दिन चैत १५ गते रक्सी चोरी गर्नेमा परेका डा. राजकुमार राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हाल कुनै पनि समितिमा नरहेको खुलेको छ।

तर, यसअघि भने उनले रास्वपाको जिल्ला सभापतिका लागि उम्मेदवारी दिएकोचाहिँ पुष्टि भएको हो। राजावादी आन्दोलनका दिन भाट भटेनीमा रक्सी चोरी गरेपछि राईलाई प्रहरीले पक्राउ गरेको थियो।

रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्व सभापति रहेको बताइएको थियो। उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरिएको थियो।

अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।

रावाबेसी गाउँपालिका १ घर भएका राई गएको पुस १३ गते राई खोटाङको जिल्ला सभापतिमा पराजित भएका थिए।
पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖