• Saturday 31st of October 2026

यसरी ढोकै फोरेर भित्र छिराइयो कामपाका प्रशासकीय अधिकृतलाई


  • धनकुटा खबर
  • .

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ‍सरोज गुरागाईंलाई ढोकै फोरेरै कार्यालयभित्र छिराइएको छ।

महानगरका केही कर्मचारी र वाडाध्यक्षले उनको कार्यकक्षको ढोका फोरेरै उनलाई भित्र छिराएका हुन्। प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा महानगरले ताला लगाएपछि ताला र ढोकाको सिसा फोरेर उनी भित्र छिरेका हुन्।

३ महिना १४ दिनपछि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।

गुरागाईंमाथि अनधिकृत नक्सा पास गरेको भन्दै महानगरपालिकाले कारबाही गरेको थियो। काठमाडौँ २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाही भएको थियो।

उनले भोलिबाट नियमित हाजिर हुने बताएका छन्। उनीहरू भित्र छिर्ने क्रममा काठमाडौंका नगर प्रहरीले रोकेका थिए। बलजफ्तीका बाबजुद उनीहरू भित्र छिरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖