• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकामा सयौं विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश छोड्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो ।

रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै, आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ ।

इमेलमा विद्यार्थीहरूलाई एफ-१ भिसा रद्द भइसकेको छ र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइएको छ । आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत इमेलमा दिइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖