• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

३ सय ६० मै एयरबड्स दिने भनेपछि ग्राहकको भीड, प्रहरीले हटायो बोर्ड


  • धनकुटा खबर
  • .

काठमाडौं । नयाँ वर्षको अवसर पारेर अल्टिमा लाइफस्टाइलले ल्याएको एक अफरका कारण भीड जम्मा भएपछि पुतलीसडकस्थित ‘आउटलेट’को बोर्ड नै प्रहरीले हटाइदिएको छ ।

अल्टिमाले ‘बयासीको अफर’ भन्दै ३ हजार ४ सय ९९ रुपैयाँ पर्ने फ्युजन ३६० इयरबड्स ३ सय ६० रुपैयाँमा बिक्रि गर्ने अफर सार्वजनिक गरेको थियो ।

सोही अफर सार्वजनिकसँगै कम्पनीले आफ्नो नयाँ आउटलेट उद्घाटनको कार्यक्रम पनि राखेको थियो । कम्पनीका अनुसार अत्यधिक भीड बढेपछि तत्कालका लागि अफर स्थगित गरिएको हो ।

प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलका अनुसार ठूलो संख्यामा भीड जम्मा भएपछि स्थिति नियन्त्रणमा लिनका लागि त्यहाँको बोर्ड हटाइएको हो ।

‘धेरै संख्यामा मान्छेहरू जम्मा भएपछि हामीले स्थिति नियन्त्रणमा लिनका लागि बोर्ड हटाएका थियौं,’ उनले भने ।

त्यस्तै, उत्तेजित भीडका उक्त कम्पनीका सञ्चालकलाई पनि प्रहरीले केहीबेर सुरक्षा दिन परेको थियो ।

‘उक्त कार्यक्रममा अत्यधिक ग्राहकहरू सहभागी भएपछि भिडभाडका कारण स्थिति असामान्य बन्दै गयो,’ कम्पनीले भनेको छ, ‘त्यसकारण शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यका साथ अर्को सूचना जारी नभएसम्मका लागि उद्घाटन लगायतका कार्यक्रम स्थगित भएको जानकारी गराउँछौं ।’

शुक्रबार बिहानैदेखि उक्त आउटलेट अगाडि ठूलो संख्यामा ग्राहकहरू जम्मा भएका थिए । भीड बढ्दै गएपछि प्रहरीले बोर्ड नै हटाएर मान्छेहरू तितरवितर पारेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖