• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ जना घाइते


  • धनकुटा खबर
  • .

बुटवल । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो ।

उक्त घटनामा परी दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालरानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुनव पोखरेल घाइते भएको बताए ।

मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖