• Monday 5th of October 2026

सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । बलिउड स्टार सलमान खानको बहुप्रतीक्षित फिल्म सिकन्दर यतिबेला हलमा लागिरहेको छ । सलमानको ब्लकबष्टर पुनरागमन हुने ठानिएको फिल्मले भारतीय बक्स अफिसमा एक हप्तामा पनि सय करोड भारु कमाउन सकेन ।

फिल्मलाई दर्शकहरूले मन पराइरहेका छैनन् । कयौँ सिनेमा हलले सिकन्दरको शो अरू फिल्मलाई दिइरहेका छन् । इदको अघिल्लो दिन रिलिज भएको फिल्मको इदपछि नै बक्स अफिस कलेक्सन ओरालो लागेको थियो । शुक्रबार अप्रिल ४ मा फिल्मको कलेक्सन ४१ दशमलव ६७ प्रतिशतले घटेको थियो ।

सातौँ दिनमा फिल्मले जम्मा २ करोड ५२ लाख भारु मात्रै कमाएको छ । योसँगै सात दिनमा फिल्मको कूल कमाई बल्ल तल्ल ९६ करोड २७ लाख भारुमा पुगेको छ । २०० करोड भारुमा बनेको फिल्मको ६ दिनमा विश्वभर कमाई १५३ करोड ३५ लाख रहेको स्याकनिल्कको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖