• Wednesday 7th of October 2026

सुनको भाउ बढ्यो


  • धनकुटा खबर
  • .

काठमाण्डाै – सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।

हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖