• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

गुडिरहेको बसका चालकलाई हृदयघात


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यको आगर मालवा जिल्लास्थित कानड क्षेत्रमा गुडिरहेको बसका चालकलाई हृदयघात भएको छ ।

बस गुडिरहेको अवस्थामा हृदयघातका कारण ड्राइभरको मृत्यु भएको थियो भने अनियन्त्रित भएको बसले सडक किनार राखिएका दुई बाइक, होर्डिङ बोर्ड र इँटाको थुप्रोमा टक्कर दिएको बताइएको छ ।

घटना शनिबार दिउँसो भएको हो । बडोदबाट शुजालपुरतर्फ जाँदै गरेको बस नलखेडा चौबाटोमा पुगेपछि चालक रइस खाँलाई हृदयघात भएको हो । इँटाको थुप्रोमा टक्कर दिएपछि बस रोकिएको बताइएको छ । उक्त दुर्घटनामा बसका यात्रीहरू भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖