• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

तीनकुनेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ चैत । जिल्ला प्रहरी परिसर काठमाडौंले राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका २२ वर्षीय अमित शाह, सुनसरीका १९ वर्षीय सुमन कार्की, बर्दियाका ३४ वर्षीय हेमराज थारु, धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोककी ३० की वर्षीय अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोकका ३० वर्षीय कुमार तामाङ रहेका छन् ।

उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाटआपराधिक उपद्रव र संगठित अपराध कसूरअन्तर्गत ३ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान गएको थियो ।

प्रदर्शनकारीहरुले निजी भवन, सार्वजनिक सम्पत्ति, व्यवसायिक भवनहरुमा तोडफोड, लुटपाट र आगजनीसमेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖