दुई महिनादेखि सम्पर्कविहीन रहेका एक जना व्यक्तिको टाउको कुकुरले गाउँमा ल्याएको छ।
यो घटना गुल्मीको हो।
कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो।
सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका वडा नम्बर ६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर सारूका अनुसार उनी दुई महिनादेखि बेपत्ता थिए। गए राति साढे ९ बजेतिर वडा सदस्य सुन्दर कुँवरले कुकुरले टाउको बोकेर ल्याउँदै गरेको देखेका थिए।
‘कुकुरले टोकेर ल्याउँदै गरेको देखेपछि प्रहरीलाई खबर गर्नुभयो। प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर घटनास्थललाई सुरक्षित राखिएको थियो,’ डिएसपी सारूले भने।
