• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बालेनले दिए राप्रपालाई धन्यवाद


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सार्वजनिक स्थानमा फोहोर नगर्न सबैलाई सचेत गराउनका लागि प्रतिबद्धता जनाएका छन्। उनले आज फेसबुकमा पोस्ट गर्दै भने, “कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन। सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।”

उनले राप्रपा पार्टीको आजको कार्यक्रममा सरसफाइ गर्ने प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। बालेनले भने, “राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धन्यवाद छ।”

सार्वजनिक स्थानहरूको सफाईमा सबैको जिम्मेवारी रहेको उल्लेख गर्दै उनले यसलाई केवल महानगरको मात्र काम नठान्न आग्रह गरेका छन्। “सफाइमा सबैको हात, महानगरको विकासमा हामी सबैको साथ,” उनले भने।

यो पोस्टले काठमाडौंको सार्वजनिक स्थानमा सफाई र फोहोर व्यवस्थापनमा नागरिक र संस्था दुवैको सक्रिय सहभागिताको आवश्यकता रहेको सन्देश दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖