• Tuesday 6th of October 2026

शुक्रबार विद्यालय विदा


  • धनकुटा खबर
  • .

वीरगञ्ज । जिउतिया पर्वको अवसरमा वीरगञ्ज महानगरपालिकामा रहेका विद्यालयहरुमा भोलि शुक्रबार विदा दिइएको छ ।

वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा भोलि शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ ।

तराई मधेसमा मनाइने महिलाहरुको महान् पर्व जिउतिया आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖