• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशलाई आफ्नो विमानस्थल र बन्दरगाहबाट मालसामान आउजाउ गर्न नदिने भारतको घोषणा


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतले आफ्नो विमानस्थल तथा बन्दरगाहबाट बंगलादेशमा आउजाउ गर्ने सामानहरु निषेध गर्ने भएको छ । आज भारतको विदेश मन्त्रालयले एक सूचना जारी गरेर यस्तो निर्णय गरेको हो ।

भारतीय मिडिया इन्डिया टुडेका अनुसार भारतको उत्तरपूर्वी क्षेत्रबारेमा बंगलादेशी प्रधानमन्त्री युनुसले गरेको टिप्पणी चीनबाट प्रेरित भएको भन्दै यस्तो गरेको बताइएको छ ।

हालै चीन भ्रमणमा पुगेका युनुसको गत हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा बिम्स्टेकको दौरानमा पहिलो पटक भेट भएको थियो । भेट भएको केही समयमै भारतको यो निर्णय सार्वजनिक भएको हो । यो निर्णयले बंगलादेशले तेस्रो देशमा भारत हुँदै पाउने कार्गो ट्रान्जिट नपाउने भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖