• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

१४ बर्षकी छात्राले यौन शिक्षाको परीक्षामा यस्तो उत्तर लेखेपछि …..


  • धनकुटा खबर
  • .

एजेन्सी । पछिल्लो समय विद्यालयमा यौन शिक्षालाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विद्यार्थीलाई सानै उमेरदेखि यौनजन्य कुराहरुमा सचेत बनाउने प्रयास भइरहँदा एक स्कुलले भने आफ्नी छात्राले उत्तर पुस्तिकामा लेखेको उत्तरकै कारण ती छात्रालाई स्कुलबाटै निकालिदिएको छ ।

पछिल्लो समय एक छात्राले यौन शिक्षाको परीक्षामा दिएको उत्तर पुस्तिका सामाजिक संजालमा निकै भाइरल भइरहेको छ । मात्रै १४ वर्षकी छात्राले परीक्षामा दिएको एउटा उत्तरले सामाजिक संजालमा तुफान ल्याइदिएको छ । उनलाई यौन सम्पर्कका बेला कण्डम प्रयोग नगर्ने विषयमा प्रश्न सोधिएको थियो । उनको जवाफ देख्दा शिक्षकको होसहवास उड्यो । यही जवाफका कारण ती छात्रालाई स्कुलबाटै निकालियो ।

मारिया नामकी यी छात्रालाई आफ्नो पार्टनरले कण्डम प्रयोग नगर्नको लागि बनाउने बहानाहरु दिइ पार्टनरले त्यस्तो बहाना बनाएमा कस्तो जवाफ दिन्छौ भनेर सोधिएको थियो । ‘यदि पार्टनरले मसँग कण्डम छैन भन्यो भने ?’ भन्ने प्रश्नको उत्तरमा ती छात्राले सिधै लेखिन् ‘त्यसो भए मसँग योनी छैन ।’ ‘कण्डम किन्न लाज लाग्छ’ भन्ने बहानाको जवाफमा उनले लेखेकी छिन् ‘त्यो तिम्रो समस्या हो । महसँग सेक्स गर्नु छ भने कण्डम चाहिन्छ ।’

स्कुलले ती छात्राको उमेर मात्रै १४ वर्ष भएको र उनको उमेरको हिसाबले ती उत्तर सुहाउँदो नभएको भन्दै उनलाई स्कुलबाट निकालिदिएको जनाएको छ । उनले उत्तर दिन प्रयोग गरेका शब्द उनको उमेरअनुसार पटक्कै ठिक नभएको स्कुलका प्रबन्धकले बताएका छन् । ती छात्राको उत्तर पुस्तिका सामाजिक संजालमा भाइरल भएको छ । यो उत्तर पुस्तिका अहिलेसम्म ३० लाखभन्दा बढीले हेरिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖