काठमाडौँ – सामाजिक सञ्जाल फेसबुक बन्द हुने भएको छ । फेसबुकको मुख्य कम्पनी मेटालाई दर्ता हुन दिएको समयसीमा भित्र नआएपछि फेसबुक नेपालमा बन्द हुने पक्का भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म दर्ता नभए बन्द गर्ने बताएका छन् । फेसबुक चैत ३१ गते दर्ता नभए २०८२ सालको सुरुवाटै बन्द हुने छ ।
‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं । सरकारको यो अडान अन्तिम हो भने फेसबुक केही दिन लगभग बन्द हुने निश्चित छ । किनभने आज र भोलिमा दर्ता सम्भव छैन ।’
नेपाल जस्तो देशलाई हेपेर सोसल मिडिया प्रदायक निकायले जुन व्यवहार गरिरहेको छ यसको निमित्त सरकारले लिएको कद सराहनीय भएकोचर्चा सुरु भएको छ ।
