• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

महिला सहकर्मीलाई हुलाकमार्फत विर्यसहितको कण्डम पठाउने एक कर्मचारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ – हुलाकमार्फत चिठी पठाएको अभियोगमा एक कर्मचारी पक्राउ परेका छन् । हुलाक कार्यालयमा कार्यरत ४३ वर्षे यासुहिरो नाकाजिमाले १५ किलोमीटर टाढाको ओसाकास्थित अर्को हुलाक कार्यालयमा रहेकी महिला सहकर्मीलाई विर्यसहितको कण्डम पठाएका थिए ।

हुलाकका कर्मचारीले खामभित्र चिठीको सट्टा अचम्मको चिज राखिएको आशंका गरेपछि सुरक्षाकर्मीले तत्काल अनुसन्धान थालेका थिए ।

जापानको निप्पोन टेलिभिजनका अनुसार प्रहरीले खाम बाहिरको हस्ताक्षर र खामभित्रको वीर्यको डिएनए परीक्षणपछि उनलाई पक्रेको हो । प्रारम्भमा आनाकानी गरेका उनले पछि ‘यौन आनन्द’को लागि त्यस्तो गरेको स्वीकारेका छन् ।

यासुहिरोले भनेका छन्, ‘मेरो यौन चाहनालाई आनन्दमा परिणत गर्न त्यसो गरेको हुँ । अरु कुनै उध्देश्य छैन ।’ उक्त समाचार सार्वजनिक भएपछि जापानमा त्यसरी उनको यौन चाहनाको समाधान कसरी भयो भन्ने बहस र चर्चा हुन थालेको छ ।

प्रहरीले ती पुरुषको निवासबाट त्यस्तै कन्डम हालिएका अरु दुई वटा खाम पनि फेला पारेको छ । अधिकारीहरुका अनुसार खामभित्र कन्डम हालेर पठाइएका घटना यसअघि पनि धेरै भएका थिए । ती घटनासँग पनि यासुहिरोलाई जोडेर हेर्न थालिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖