• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ उल्लेख गर्न निर्देशन


  • धनकुटा खबर
  • .

ढाका, १ बैशाख । बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न निर्देशन जारी गरिएको छ।

बंगलादेशका गृह मन्त्रालयका उपसचिव निलिमा अफरोजले हस्ताक्षर गरेको सूचनामा सो जानकारी दिइएको हो ।

 

अधिसूचनामा यस्तो लेखिएको छ, ‘माथिको कुरालाई ध्यानमा राख्दै, तपाइँलाई पहिले अभ्यास गरिए जस्तै, उचित प्रक्रिया पछ्याउँदै, बंगलादेशी राहदानीमा ‘इजरायल बाहेक’ खण्ड पुनर्स्थापित गर्न आवश्यक कदम चाल्न अनुरोध गरिन्छ।’

 

‘यो राहदानी इजरायल बाहेक विश्वका सबै देशका लागि मान्य छ’ भन्ने वाक्यांश पहिले बंगलादेशी राहदानीहरूमा छापिदै आएको थियो । तर, अन्तर्राष्ट्रिय राहदानी ढाँचाको मापदण्डहरूको पालनालाई उद्धृत गर्दै अवामी लीगको सरकारको कार्यकालमा भने सच्चाउँदै २०२१ मा ‘इजरायल बाहेक’ शब्दहरू हटाइएको थियो ।

 

तर, अहिले फेरी बंगलादेशी राहादानीमा ‘इजरायलबाहेक’ भन्ने वाक्यांश थप्न निर्देशन दिइएको हो ।।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖