• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

वैवाहिक बलात्कारमा सफाइ पाएपछि छुटे निलम्बित न्यायाधीश गिरी


  • धनकुटा खबर
  • .

काठमाडौं । वैवाहिक बलात्कारमा मुद्दामा सफाइ पाएपछि निलम्बित न्यायाधीश भुवन गिरी कारागार मुक्त भएका छन् ।

सोमबार बिहान १० बजेतिर गिरी डिल्लीबजार कारागारबाट छुटेका हुन् । ‘राति अबेर सफाइ पाएको भन्ने फैसलाको कागजात आइपुगेपछि उहाँ आज बिहान छुट्नु भएको हो,’ डिल्लीबजार कारागारका सहायक प्रशासक शेरबहादुर थापाले भने ।

उच्च अदालत पाटनले आइतबार गिरीलाई वैवाहिक बलात्कारको कसुरबाट सफाइ दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएपछि उनी छुटेका हुन् ।

यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठमा वैवाहिक बलात्कार मुद्दामा गिरीलाई दोषी ठहर गरेको थियो । वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।

गिरीलाई उनकै श्रीमतीले वैवाहिक बलात्कारको आरोप लगाउँदै मुद्दा दायर गरिएकी थिइन् । त्यसपछि न्याय परिषद्ले उनलाई निलम्बन समेत गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖