• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौँ । बेहुलासहित एकै परिवारका २५ जनालाई बारुलोले चिल्दा विवाह नै स्थगित गर्नु परेको छ ।

भारतको हिमाचल प्रदेशको हमीरपुर जिल्लाको रक्कड गाउँमा सोमबार उक्त घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार बेहुलासहित परिवारका सदस्यहरू विवाहको तयारीमा थिए । उनीहरू स्थानीय एक मन्दिरमा पूजा गरेर आशीर्वाद लिन गएका थिए ।

मन्दिरमै उनीहरूमाथि बारुलोको हुलले हमला गरेको थियो । यस क्रममा २५ जना घाइते भएका र तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बेहुलाका पिता दिलीप सिंहका अनुसार घाइतेलाई नादौन अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । बेहुलासमेत गम्भीर घाइते भएका कारण विवाह स्थगित गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖