• Monday 5th of October 2026

गोविन्दासँग सम्बन्धविच्छेद हुन लागेको हल्ला धेरै फैलिएपछि सुनिताले मुख खोलिन्


  • धनकुटा खबर
  • .

काठमाडौं । केही समयअघि गोविन्दा र सुनिता आहुजा आफ्नो सम्बन्ध विच्छेदको खबरले चर्चामा थिए। सुनिताले अदालतमा सम्बन्ध विच्छेदको निवेदन पनि दर्ता गराएको खबर आएको थियो।

यसैबीच सुनिता र गोविन्दा छुट्टाछुट्टै घरमा बस्दै आएको खबर आएपछि यो चर्चाले अझ गति लिन थाल्यो। तर, अब सुनिताले सम्बन्ध विच्छेदको बारेमा बयान दिएर यी खबरहरूको अन्त्य गरेकी छिन्।

बम्बे फेसन विकमा इन्स्ट्यान्ट बलिउडलाई दिएको अन्तर्वार्तामा सम्बन्ध विच्छेदको बारेमा सुनिताले भनिन्, ‘जेसुकै खबर आए पनि मलाई केही फरक पर्दैन । मैले पहिले पनि भनेकी छु, कुनै पनि कुरा हामीबाट नसुनेसम्म विश्वास नगर्नुहोस्। हामीले मुख नखोल्दासम्म तपाईंले कुनै पनि समाचारमा प्रतिक्रिया दिनु हुँदैन।’

सुनिता आहुजाले हालै आफ्नो छोरा यशवर्धनसँग बम्बे फेसन विकमा र्‍याम्पमा हिँडेकी थिइन्। उनी र्‍याम्पमा आउने बित्तिकै फोटोग्राफरहरूले गोविन्दालाई सम्झन थाले र गोविन्द कहाँ छन् भनेर सोध्न थाले। सुनिता यसमा मौन रहिन्। केही समयपछि जब कार्यक्रम सकियो सुनितालाई गोविन्दा कहाँ छन् भनेर सोधियो। यो सुनेपछि सुनिताले अन्तर्वार्ता अधुरो छोडेर गइन्।

सुनिता आहुजाले केही समयअघि हिन्दी रशलाई दिएको एक अन्तर्वार्तामा आफू र गोविन्दा विगत १२ वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको बताएकी थिइन्। अर्को अन्तर्वार्तामा उनले बताएअनुसार उनी एक्लै रक्सी पिएर आफ्नो जन्मदिन मनाउँछिन्। सुनिताका यी भनाइहरू भाइरल भए र सम्बन्ध विच्छेदको खबर हेडलाइन बन्यो।

मिडिया रिपोर्टहरूमा ६१ वर्षीय गोविन्दाको ३० वर्षीया मराठी अभिनेत्रीसँग अफेयर रहेको दाबी पनि गरिएको थियो । यही कारणले सुनिताले ३८ वर्षको विवाहपछि सम्बन्ध विच्छेद गर्न चाहेको दाबी गरिएको थियो । यद्यपि, पछि उनका प्रबन्धकले यी रिपोर्टहरूलाई हल्ला भने। उनका अनुसार गोविन्दा राजनीतिमा प्रवेश गरेपछि उनले आफ्नो घर नजिकै एउटा घर भाडामा लिएका थिए किनभने पार्टीका सदस्यहरू प्रायः उनको घरमा आउने गर्थे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖