काठमाडौं । कोटेश्वरको भाटभेटेनी सुपरस्टोरबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना हाजिर जमानीमा रिहा भएका छन्।
तीनकुनेमा पूर्वराजा समर्थकहरूको प्रदर्शनको भीडमा मौका छोपी स्याउ र सुन्तला चोरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार सीसीटीभी फुटेजको आधारमा पक्राउ परेका उनीहरूले स्टोर बाहिरको स्टलबाट फलफूल चोरेका थिए। रिहा हुनेमा देवबहादुर थापा मगर, प्रसिद्ध मल्ल, राज ठाकुर, नवीन ढकाल, आलोक पराजुली, चित्रमाया बस्नेत, बरुण यादव र सुस्मिता बराल रहेका छन्।
