• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कमिलाको तस्करी गर्ने चार पक्राउ, एउटैको मुल्य ३० हजार बढी


  • धनकुटा खबर
  • .

काठमाडौं, ३ बैशाख । आजकाल कुनै पनि पर्खाल वा माटोमा कमिलाहरू फेला पार्नु सामान्य कुरा हो। प्रायः जसो जब घरहरूमा कमिलाहरू देखिए भने सबै मानिसहरू तिनीहरूलाई भगाउँछन, कुल्चन्छन र मार्छन् पनि।

 

के तपाईंले सोच्नु भएको छ, धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानुन नै बनेको छ वा कतै त एउटा कमिलाको मुल्य नै ३० हजार रुपैयाँसम्ममा पर्न जान्छ ।

 

यस्तै एउटा घटना अफ्रिकी देश केन्याबाट बाहिर आएको छ, जहाँ चारजना व्यक्तिले सयौं धेरै कमिलाहरूलाई देश बाहिर तस्करी गर्न खोजेका थिए तर त्यसो गर्नुअघि नै उनीहरू पक्राउ परेका थिए। केन्या वाइल्डलाइफ सर्भिसले यसलाई ऐतिहासिक घटनाको रूपमा वर्णन गरेको छ। केडब्लुएसका अनुसार यस्ता कमिलाले धेरै जसो सिंह र हात्ती जस्ता ठूला प्राणीहरूलाई जोगाउने काम गर्छ । तर, यसको तस्करीले समस्या उत्पन्न गराएको छ ।
 
तस्करी गरिएका सामानहरूमा विशाल ‘अफ्रिकी हार्भेस्टर’ कमिलाहरू पनि समावेश थिए, जसको मूल्य केही बेलायती व्यापारीहरूका अनुसार प्रति कमिला १७० पाउन्डसम्म पर्न जान्छ। यस्तो अवस्थामा तस्करीका तरिकामा चिन्ताजनक परिवर्तन देखिएको केडब्ल्यूएसले बताएको छ । यो तस्करीमा प्रतिष्ठित स्तनपायीदेखि लिएर कम ज्ञात प्रजातिहरू सम्मका सबै जीवहरू समावेश छन् रहेका छन, जुन पारिस्थितिक सन्तुलनका लागि महत्त्वपूर्ण मानिन्छन्।

 

अधिकारीहरूले भनेका छन् कि तस्करहरूले यी जीवहरूलाई विशेष तरिकाले प्याक गरेका थिए, जसबाट तिनीहरू लगभग २ महिनासम्म जीवित रहन सक्ने अवस्थामा थिए। कति कमिला तस्करी भईरहेको छ भन्ने यकिन तथ्याङ्कन हुन भने बाँकी छ । केडब्ल्यूएसका प्रवक्ता पाउल उडोटोले बीबीसीलाई भने कि यो मापनमा ‘बायो पाइरेसी’ यो देशका लागि पहिलो घटना हो।

 

दुई बेल्जियन, एक भियतनामी र एक केन्यालीसहित चार संदिग्ध यी कमिला तस्करीमा पक्राउ परेका छन्। गुप्तचर अभियानका क्रममा उनलाई पक्राउ गरिएको हो । उनीहरुको उद्देश्य युरोप र एसियाका विदेशी पाल्तु बजारमा यी कीरा बेच्ने खोजिएको भनिएको छ। दुर्लभ कमिला प्रजातिको माग बढ्दै गएको केडब्ल्यूएसले बताएको छ ।

 

तिनीहरूका मालिकहरूले तिनीहरूलाई विशेष बास स्थानहरूमा राख्छन्, जसलाई ‘फॉर्मिकेरियम’ हरू भनिन्छ । अफ्रिकी हार्भेस्टर कमिला (मेसर सेफालोट्स) यसको प्रजातिको सबैभन्दा ठूलो कमिला हो। र, यो लगभग २० मिमी सम्म बढ्न सक्छ, रानी २५ मिमी सम्म बढ्ने गर्दछ ।

 

कीट– व्यापार वेबसाइट बेस्ट एन्ट्स युकेका महाप्रबन्धक प्याट स्टान्चेभले भने कि यो तिनीहरू‘ठूलो र सुन्दर आकार’ रहेछन् भने तिनीहरूलाई घरपालुवा जनावरको रूपमा राख्न चाहने मानिसहरूलाई आकर्षक बनाउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖