• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य २७०० रुपैयाँ बढेर भाउ हालसम्मकै उच्च


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖