• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

नातीमाथि बाजेले गरे हँसिया प्रहार


  • धनकुटा खबर
  • .

अत्तरिया: कैलालीमा ४ वर्षीया बालकमाथि हँसिया प्रहार गरिएकाे छ । घाेडाघाेडी नगरपालिका-५ काे देउकलिया बस्ने हरि कडेलकाे ४ वर्षीय छाेरा प्रेममाथि हँसिया प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले प्रेम आगनमा खेलिरहेको अवस्थामा बाजे नाता पर्ने ४० वर्षीय अर्जुन कडेलले पराल र भुषा राखेकाे काेठमा लगेर गर्धनमा हँसिया प्रहार गरेकाे पाइएको बताए ।

बालकलाई घाेडाघाेडीमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको छ ।

हँसिया प्रहार गर्ने अर्जुन कडेललाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनी मानसिक रूपमा अस्वस्थ रहेकाे बुझिएको प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖