• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा एक जना पुरुष घाँटीमा चोट लागेको अवस्थामा प्रहरीको सम्पर्कमा पुगेका छन् । वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर भागेको भन्दै हेटौँडा घर भएका नवराज दाहाल प्रहरीको सम्पर्कमा गएका हुन् ।

आक्रमण गर्नेहरूले आफ्नो साथबाट ३० लाख रुपैयाँ लुटेर भागेको उनले प्रहरीसँग बताएका छन् । उनको घाँटीमा धारिलो हतियारले रोपेको चोट देखिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

स्वामी बन्न भनेर हिँडेका दाहालले दुबई जानेहरूको टिकट काट्न रकम लिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । टिकट काट्नु भनेर बोकेको सो रकम लुटपाट भएको उनको जिकिर छ ।

प्रहरी वृत्त थानकोटका अनुसन्धान अधिकृतहरूले त्यसबारे अनुसन्धान गरिरहेका छन् । प्रहरीका एक जना अधिकृत भन्छन्– ‘लुटपाट भए नभएकोबारे हामी यकिन गर्दैछौँ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖