काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित रोटरी क्लबले सडकमा राखेको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेख्ने किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा १२ कक्षामा अध्ययनरत १६ वर्षीय किशोर छन् । चैत १३ मा उनले प्रधानमन्त्री विरुद्ध ‘… देश छोड’ भन्ने नारा डिजीटल बोर्डमा डिस्प्ले गराएका थिए ।
प्रहरी प्रधान कार्यालयको सुचना प्रविधि निर्देशनालयले गरेको अनुसन्धानबाट किशोरले एप मार्फत ह्याक गरेर सो नारा लेखेको भेटिएको छ ।
युट्युबमा ह्याक गर्ने विधि हेरेपछि कौतुहलता लागेर रोटरी क्लबको बोर्डमा प्रधानमन्त्री विरुद्ध नारा लेखेको उनले प्रहरी अधिकारीहरुसँग बताएका छन् ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतका कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
