• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आन्दोलन चलिरहेकै बेला प्रधानाध्यापक मृत फेला !


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत भेटिएका छन् ।

स्थानीय शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय कृष्णबहादुर शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए ।

स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत भेटिएको र अहिले घटनाका विषयमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गइरहेको कालीकोट जिल्लाका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖