• Sunday 4th of October 2026

नेपाल सरकारलाई टेरेन फेसबुकले,तोकिएको समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता भएनन्, अब के हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ। सरकारले सामाजिक सञ्जाललाई दर्ता गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएको पाइएको छ । सरकारले आज आइतबार दर्ता गर्ने अन्तिम म्याद तोके पनि कुनै पनि सामाजिक सञ्जाल दर्ता नभएका हुन् । अहिलेसम्म एउटा पनि कम्पनी दर्ता हुन नआएको सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले बताए ।

‘आज अन्तिम म्याद हो । एउटा पनि दर्ता हुन आएनन्’ ,उनले भने, ‘अब चल्न दिने या के गर्ने सरकारले निर्णय गर्छ ।’ सरकारले फेसबुक, इन्स्टाग्राम, थ्रेड्ससँगै एक्स (ट्विटर), युट्युब, गुगल, लिंक्डइनजस्ता सामाजिक सञ्जाल प्लाटफर्म नेपालमा सूचीकृत (दर्ता) गर्नुपर्ने व्यवस्थासहित ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८०’ लागू गरेको छ ।

निर्देशिका लागू गरेसँगै सबै सामाजिक सञ्जाललाई सूचीकृत गर्न निर्देशन दिएको थियो । तर हालसम्म नेपालमा टिकटक, भाइबर र टिकटकसहित तीन वटा सामाजिक सञ्जाल मात्र सूचीकृत भएका छन् । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल प्लाटफर्म फेसबुक र म्यासेन्जरको ‘प्यारेन्ट’ कम्पनी मेटालाई सरकारले सूचीकृत हुन आग्रह गर्दै एक वर्षयता पटक–पटक पत्र पठाउँदै आएको थियो ।

सूचीकृत हुन नआउने कम्पनीलाई नेपालमा चल्न नदिने भन्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक रूपमै चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖