• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौँमा महिलाको हत्या, श्रीमान् फरार


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ ।

खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो ।

मृतकका श्रीमान् रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका पदमबहादुर तामाङ फरार छन् । गएराति साढे ९ बजेतिर श्रीमतीको हत्या गरेपछि ५८ वर्षीय पदम भागेका हुन् ।

घटनास्थलमा मृतकका ११ वर्षका छोरा र १० वर्षीया छोरीपनि घाइते अवस्थामा भेटिएका छन् । उनीहरूलाई उपचारको लागी ट्रमा सेन्टरमा भर्ना गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖