क्यालिफोर्निया । अमेरिकी बहुराष्ट्रिय सर्च इन्जिन कम्पनी गुगलले आफ्नो जिमेल प्रयोगकर्ताका नाममा चेतावनी जारी गरेको छ । यस अघि नै जिमेल प्रयोगकर्ता खतरामा रहेको भन्दै समाचारहरू आएका थिए । चेतावनी नयाँ खाले खतराबाट सावधान रहनबारे हो ।
यसमा फिशिङ्ग क्याम्पेनबाट प्रयोगकर्तालाई सावधान रहन भनिएको छ । यसको प्रयोग गरेर स्क्यामहरूले जिमेल युजरहरूबाट लगइन डेटा समेत हासिल गर्न सक्ने भनिएको थियो ।
विश्वभर जिमेलका झन्डै ३ अर्ब प्रयोगकर्ता छन् । केही समय अघि एक जना सफ्टवेयर डेभलपरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा लय no-reply@accountsgoogle.com नामको इमेलबारे बताएका थिए । आधिकारिक जस्तो देखिने यो इमेलमा गुगल एकाउन्टको डेटाका लागि समन जारी गरिएको दाबी थियो । इमेलमा एउटा लिङ्क थियो । भ्यालिड गुगल सर्पोट पेज जस्तै देखिने यो साइट एउटा फिसिङ साइट थियो ।
यस फेक इमेलले गुगलको कयौँ अथेन्टिक चेकजाँच पनि पास गरेको थियो । यो फिसिङ म्यासेज सक्कली गुगलको सिक्योरिटी अलर्ट जस्तै गरी आउँथ्यो । फिसिङ इमेलमा दिइएको लिंकमा क्लिक गरेपछि युजर क्लोन वेबसाइटमा पुग्थे ।
यो डोमेन हुबहु गुगलको लगइन जस्तै देखिन्छ । यो डिजाइन वास्तवमा यूजरका लगइन डिटेल र पासवर्ड चोर्नका लागि बनाइएको थियो । गुगलले यसलाई खतरा मानेको छ । छिटै नै यसबारे नयाँ सुरक्षा उपाय लागू गर्न काम भइरहेको बताइएको छ ।
