• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

अक्सफोर्डमा मानव खप्परवाट बनेको कपमा पिइने गरिन्थ्यो वाइन, अहिले भयो खुलासा


  • धनकुटा खबर
  • .

लन्डन, १० बैशाख । अक्सफोर्ड युनिभर्सिटीलाई सधैं विश्वको सबैभन्दा पुरानो र प्रतिष्ठित शैक्षिक संस्थाहरूमा गनिन्छ ।

 

तर, अब एउटा नयाँ पुस्तकले यस विश्वविद्यालयको ‘अपराधिक छवि’ लाई चकित पारिरहेको छ। खासमा मानव खप्परबाट रक्सी खुवाउने एउटा डरलाग्दो प्रथा अक्सफोर्डमा रहेको सार्वजनिक भएको छ ।

 

यो परम्परा वर्षौंसम्म वर्सेस्टर कलेज, अक्सफोर्डमा जारी रहेको थियो । यस अभ्यासको साथसाथै पुस्तकले ब्रिटिश औपनिवेशिक युगमा लुटिएको मानव खोपडीको दुःखद कथा पनि प्रकट गर्दछ। कलेज अफ वर्सेस्टरको डिनर टेबलमा चाँदीको रिम र स्ट्यान्डले सजाइएको मानव खोपडीबाट बनेको कप राखिएको हुन्थ्यो । यो स्कल कपले २०१५ सम्म वरिष्ठ डिनर टेबलहरूमा वाइन सेवा गरेको थियो ।

 

यसपछि कपबाट वाइन टपक्न थाले पछि चकलेटको सेवामा प्रयोग हुन थाल्यो । यो सबै सामान्य परम्पराको रूपमा जारी रह्यो तर अब नयाँ पुस्तकले यो सबै कति बर्बर थियो भन्ने खुलासा गरेको छ। अक्सफोर्डको पीट रिभर्स म्युजियमका क्युरेटर प्रोफेसर ड्यान हिक्सको पुस्तक ‘एवरी मोन्युमेन्ट विल फल’ ले आफनो पुस्तकमा लेखेका छन् ।

 

ब्रिटिश उपनिवेशवादको समयमा हजारौं मानिसहरूको पहिचान मेटाइएको थियो, यो कसको खोपडीबाट बनाइएको हो भन्ने कुनै रेकर्ड छैन। तर, कार्बन डेटिङले यो खप्पर करिब २२५ वर्ष पुरानो भएको र यो क्यारेबियनकी दास महिलाको हुनसक्ने खुलासा गरेको छ ।

 

यो खोपडी पहिलो पटक भिक्टोरियन सिपाही र पुरातत्वविद् अगस्टस पिट रिभर्सले १८८४ मा सोथेबीको लिलामीबाट किनेका थिए। पछि उनका नाति जर्ज पिट रिभर्सले यसलाई वुस्टर कलेजलाई दान दिएका थिए। जर्ज पिट रिभर्स आफैं एक युजेनिक्स समर्थक हुन, जसले कलेजमा प्रस्तुत गरेका थिए।

सन २०१९ मा यस खोपडीको इतिहास प्रोफेसर डेन हिक्सद्वारा अनुसन्धान गरिएको थियो। त्यसयता कलेजले यसलाई सार्वजनिक रूपमा प्रदर्शन गर्न वा प्रयोग गर्न प्रतिबन्ध लगाएको अवस्था छ । अहिले यो खप्पर सर्वसाधारणको पहुँचबाट टाढा राखेर कलेजको संग्रहमा सुरक्षित राखिएको छ । यो घटनाले हामीलाई औपनिवेशिक कालमा भौतिक सम्पदा मात्र होइन्, मानवता र पहिचानलाई कसरी लुट्यो भनेर सोच्न बाध्य बनाउँछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖