• Monday 5th of October 2026

रितेशको फिल्म सुटिङमा दुर्घटना : एकको शव फेला, छायांकन रोकियो


  • धनकुटा खबर
  • .

मुम्बई । बलिउड अभिनेता रितेश देशमुखको आगामी चलचित्र ‘राजा शिवाजी’ को सेटमा एउटा दुखद दुर्घटना भएको छ। कोरियोग्राफी टोलीका २६ वर्षीय नर्तक सौरभ शर्माको मृत्यु भएको हो।

सौरभ दुई दिनअघि सतारामा बेपत्ता भएका थिए । प्रहरीले अप्रिल २४ को बिहान उनको शव फेला पारेको थियो। यो दुर्घटनापछि फिल्मको छायांकन रोकिएको छ।

प्रहरीका अनुसार घटना अप्रिल २२ मा भएको थियो। गीतको छायांकन सतारा जिल्लाको कृष्णा नदी नजिकैको संगम माहुली गाउँमा भइरहेको थियो। सुटिङ सकिएपछि, सौरभ नुहाउन नदीमा गए। नुहाउने क्रममा नदीको तीव्र धारले उनलाई बगाएको थियो।

जब टोलीले सौरभलाई फेला पार्न सकेन, प्रहरीलाई खबर गरियो। उद्धार टोली घटनास्थलमा पुगेर खोजी कार्य सुरु गरेको थियो । तर, साँझको समय भएकोले अँध्यारो हुने बित्तिकै खोजी कार्य रोकियो। भोलिपल्टदेखि फेरि सौरभको खोजी सुरु भयो तर उद्धार टोलीले कुनै सफलता हासिल गर्न सकेन। बिहीबार, अर्थात् २४ अप्रिलमा, प्रहरीले सौरभको शव फेला पर्‍यो । यस विषयमा आकस्मिक मृत्युको मुद्दा दर्ता गरिएको छ।

छत्रपति शिवाजी महाराजको जीवनमा आधारित यो फिल्ममा रितेश मुख्य भूमिकामा देखिनेछन्। यो फिल्मलाई रितेश आफैँले निर्देशन गरिरहेका छन्।

यो फिल्म हिन्दी र मराठी भाषामा रिलिज हुनेछ। यो फिल्म रितेशकी श्रीमती जेनेलिया देशमुख र ज्योति देशपाण्डेले निर्माण गर्दैछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖