• Monday 5th of October 2026

कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ


  • धनकुटा खबर
  • .

काठमाडौँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ । गत बिहीबार लम्सालकी पत्नी स्नेहा दंगालले छोरालाई जन्म दिएकी हुन् ।

शनिबार स्नेहा र छोरालाई ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ । लम्सालले आमा र छोरा दुवैको अवस्था अहिले सामान्य रहेको बताएका छन् ।

लम्सालले गत असार ३० गते झापाकी स्नेहासँग विवाह गरेका थिए । पत्नी गर्भवती नै रहेको बेला कुराकानी गर्दै उनले भनेका थिए, ‘पहिलो सन्तान हाम्रो परिवारको लागि लक्की चार्म हुने देखेको छु ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖