काठमाडौँ – अभिनेत्री सुरक्षा पन्तले राजावादीहरुलाई कबिता मार्फत गतिलो झापड दिएकी छिन् ।
शुक्रबारबाट प्रदर्शनमा आएको आफू अभिनित चलचित्र “खेल” माथि राजावादीहरुले बहिस्कार अभियान चलाएपछि राजावादीका लागि “समर्पित” शीर्षकको कवितामार्फत झापड दिएकी हुन्।
यस्तो छ उनको कबिता।
मेरो रजस्वला भैरहेको छ
मलाई अहिले छुन नआउनु !
पहिलो दिन अलि विचार हुन्छ,
दोस्त्रो दिन अलि बढी बहिष्कार हुन्छ,
तेस्रो दिन अनौठो किसिमको प्रहार हुन्छ,
चौथो दिन लगभग नमस्कार भनेको त,
पाचौं दिनमा तुच्छ ! तुच्छ ! आकार !
संस्कार नहुँदासम्म, मलाई छुन नआउनु।
