• Monday 5th of October 2026

पाकिस्तानी कलाकारहरूसँग काम गरे देशद्रोहको मुद्दा !


  • धनकुटा खबर
  • .

मुम्बई । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतमा पाकिस्तानी कलाकारहरूको तीव्र विरोध भइरहेको छ। पश्चिमी भारत सिने कर्मचारी महासंघ (एफडब्लुआईसीई) ले पाकिस्तानी कलाकारहरूलाई भारतमा काम गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउन माग गरेको छ।

यदि कुनै भारतीय नागरिकले उनीहरूसँग काम गरेमा उनीविरुद्ध देशद्रोहको मुद्दा दर्ता गरिने महासंघले चेतानवी समेत दिइएको छ ।

एएनआईसँग कुरा गर्दै एफडब्लुआईसीईका महासचिव अशोक दुबेले भने, ‘यो राष्ट्रिय हितको विषय भएकोले देश पहिले आउँछ। पहलगाममा हाम्रा पर्यटकहरूमाथि हालै भएको आक्रमणसहित निरन्तर आक्रमणहरू अत्यन्तै लज्जास्पद छ। हामीले फेरि एक प्रेस विज्ञप्ति जारी गरेका छौँ जसमा स्पष्ट रूपमा भनिएको छ कि यदि हाम्रा कुनै सदस्यले पाकिस्तानी कलाकार वा प्राविधिकहरूसँग काम गरेको पाइएमा, हामी उनीहरूविरुद्ध कारबाही गर्नेछौँ र उनीहरूसँग काम गर्न बन्द गर्नेछौँ।’

दुबेका अनुसार सूचना तथा प्रसारण मन्त्रालयलाई पनि पत्र लेखेर यदि कुनै भारतीय सदस्यले पाकिस्तानी कलाकारहरूसँग काम गर्छ भने उसको विरुद्ध देशद्रोहको मुद्दा दर्ता गरिनुपर्छ भनेर सूचना जारी गर्न आग्रह गरिएको छ । उनले थपे, ‘यसबाहेक, हामीसँग सम्बन्धित सबै संस्थाहरूलाई पत्र लेखिरहेका छौं। यदि कोही यस्ता गतिविधिमा संलग्न पाइएमा, उसलाई उद्योगमा काम गर्न दिइने छैन।’

फवादको फिल्म भारतमा रिलिज नहुने

पुलवामा आक्रमणपछि पहिलो पटक पाकिस्तानी कलाकार फवाद खानको फिल्म भारतमा रिलिज हुन लागेको थियो। उरी आक्रमण र पुलवामा आक्रमणपछि भारतमा पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाइएको थियो। तर दुवै पटक प्रतिबन्ध हटाइएको थियो।

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार थिएटर मालिकहरू अबीर गुलाल प्रदर्शन गर्न तयार छैनन्। यसबाहेक, फिल्म फेडरेशनका प्रमुख सल्लाहकार अशोक पण्डितले पनि भारतमा पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाउने आधिकारिक घोषणा गरेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖