• Thursday 29th of October 2026

सहकारी ठगी मुद्दामा फरार कांग्रेस सांसद माया राई पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । कांग्रेस सांसद माया राई पक्राउ परेकी छन् । शनिबार राति उनलाई कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको सोही कार्यालयका एक अधिकृतले जानकारी दिए । उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् ।

सत्ताको आडमा उनलाई पक्राउ नगरिएको भन्दै आलोचना हुँदै आएको थियो । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖